मुसिकोटमा हुने प्रथम मेयर रनिङ कपको तयारी तीव्र



अनिष पन्थी


गुल्मी । गुल्मीको मुसिकोटमा हुने प्रथम मेयर रनिङ कपको तयारीलाई तीव्र गतिमा अगाडि बढाइएको छ । मुसिकोट नगर खेलुकद विकास समितिको आयोजनामा प्रथम मुसिकोट मेयर रनिङ कपको मिति नजिकिएसङ्गै तयारीलाई अगाडि बढाइएको हो ।
यही कार्तिक २२ गतेदेखि २४ गतेसम्म हुने मेयर रनिङ कप अन्तर्गत खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता हुने भएको मुसिकोट नगर खेलकुद बिकास समितीका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।
मुसिकोट नगर खेलकुद विकास समितिको यस अगाडि बसेको बैठकले उक्त प्रतियोगीता गर्ने निणर्य सहित अन्य महत्पूर्ण निणर्य गरेको अध्यक्ष सन्दिप खत्रीले जानकारी दिए ।
मेयर रनिङ कपको लागि देशका ७५३ स्थानीय तहमा पत्रचार गरिएको अध्यक्ष खत्रीले जानकारी दिए । हालसम्म कुनै समूह दर्ता नभएको र दर्ता गर्ने अन्तिम मिति २० गते रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५० हजार र दृतिय हुनेले नगद एक लाख सहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया