अर्घाखाँचीको डाडाकटेरीमा भैरव नाच आयोजना गरिने



अनिष पन्थी


गुल्मी । अर्घाखाँचीमा बिजया दशमिको अवसर पारेर भैरव नाच आयोजना गरिने भएको छ । “धर्म कला संस्कृति हाम्रो दायित्व ” भन्ने मुल नाराका साथ स्मार्ट युवा क्लब मालारानी गाउँपालिका २ डाडाकटेरी अर्घाखाँचीमा कार्तिक ४ गते भैरव नाच हुने भएको हो ।

परम्परा रीतिरिवाज संस्कृतिको जगेर्ना गर्दै बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा भैरव नाच कार्यक्रम आयोजना गर्न लागिएको स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गौतमले जानकारी दिए। स्मार्ट युवा क्लबले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै र दिनदुखीहरुको साहरा बन्दै आएको अध्यक्ष गौतमले बताए ।

Jeewan and Rajan Tailors

डाँडाकटेरी बजारमा हुने नेवा समुदायको प्रचलित भैरव नाच फूलपातीको दिन गरिने भएको हो । लोप हुन लागेको संस्कृति लाई जगेर्नाको निमित्त कार्यक्रम गर्न लागिएको क्लबका सचिव सन्तोष सुनारले जानकारी दिए ।

The Star Family Restaurant

कार्यक्रममा धेरै दर्शकको उपस्थित अपेक्षा राखिएको क्लबका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रमका संयोजक मिलन के .सीले जानकारी दिए । भैरव नाच कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन कार्यक्रमको तयारी तिव्र पारिएको समेत के.सीले बताएका छन। कार्यक्रम बेलुका ७ बजे बाट सुरु हुने आयोजकले जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया