गुल्मीमा टिप्पर दुर्घटना, चालक घाइते



Live Gulmi


गुल्मी । गुल्मीमा टिप्पर दुर्घटना भएको छ। शनिबार जिल्लाको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास सडक निर्माण भएको स्थानमा टिप्पर भासिएर दुर्घटना भएको हो।
दुर्घटनामा परि टिप्परका चालक रुपन्देही जिल्ला बाणगंगा न.पा.-११ निवासी बर्ष २२ का साजन थारु घाईते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

उपल्लो तम्घास स्थित खलाचौरमा देउरालीबाट खलाचौरमा निर्माण भई रहको सडकको वाल लगाउनको लागि ढुङ्गा ल्याई अनलोड गर्ने क्रममा जमिन भासिई बा.३ क. १७९९ नम्बरको टिप्पर पल्टिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेको जिल्ला अस्पताल तम्घास, गुल्मीमा उपचार भईरहेको र घाईतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया