गुल्मी । गुल्मीमा मोटरसाइकल चाेरी गर्ने दुई युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले गुल्मीबाट मोटरसाइकल चोरी गर्ने २ युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बागलुङको गलकोट नगरपालिका वडा नम्बर ११ का २० वर्षीय लोकेश राना र गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय मदन भनिने छव बहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
उनीहरुले गत असाेज ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सारका विक्रम श्रेष्ठको बजाज १ सय ५० सीसी पल्सर मोटरसाइकल र असाेज ६ गते बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ का बालकृष्ण केसीको १ सय ५० सीसीको पल्सर मोटरसाइकल चोरी गरेका थिए । मोटरसाइकल चोरी गरेर भागेका उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धी मुद्धा दर्ता गरी थप अनुसन्धान चल्दै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।