पर्यटकीय स्थल गुल्मीको रेसुङ्गा पुग्ने सडक कालोपत्रे



Live Gulmi


मनाेज कार्की, गुल्मी । गुल्मी धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगासम्म पुग्ने सडक कालोपत्रे भएको छ। जिल्लाको सदरमुकाम तम्घास बजारदेखि रेसुंगासम्म पुग्ने सडक कालोपत्रे सडक कालोपत्रे भएसँगै पर्यटक तथा सवारी चालकलाई आवजजावतमा सहज भएको छ ।

घण्टौं यात्रा गरेर रेसुंगा पुग्ने श्रदालु तथा पर्यटकलाई यात्रामा सहज र पर्यटकको संख्यामा वृद्धि आएको होटल व्यवसायी बताउँछन् । उक्त सडक हुँदै पराल्मी, जुभुङ र बलिथुम लगायतका वडामा दैनिक साना ठूला गरी दर्जनौं सवारीसाधन आवतजावत गर्ने गर्छन् ।

सडक कालोपत्रेले आन्तरिक तथा बाह्य पर्यटक रेसुंगा भित्र्याउन थप टेवा पुगेको छ। पर्यटकीय तथा धार्मिक हिसाबले नेपालमै रेसुंगा क्षेत्र प्रसिद्ध मानिन्छ। प्रकृतिको अनुपम सुन्दरताले भरिपूर्ण छ रेसुंगा। रेसुंगा पुग्ने जो कोहीले उत्तरतर्फ चाँदी झैं टल्केका हिमाल छन्, तलतिर तम्घास बजार नियाल्न सक्छन् ।

उक्त क्षेत्रको प्रचारप्रसार गर्न रेसुंगा नगरपालिकाले जाउँ हिड रेसुंगा अभियानको सुरु गरेको छ । नगरपालिकाले सञ्चालन गरेको उक्त अभियानले समेत पर्यटन प्रवद्धनमा थप टेवा पुगेको छ। बिहान रेसुंगा दर्शन र घुमघाम गरेर श्रद्धालु भक्तजनलाई तम्घास बजार फर्कन यात्रु र सवारीलाई आवतजावत सहज भएको अटो सवारी चालक सन्तोष पन्थी बताउँछन् ।

( Jeevan rajan

यहाँ पर्यटकहरू विभिन्न हिमशृंखलाको दृश्यावलोकनमा रमाउने गर्छन्। गुल्मी जिल्ला लगायत अर्घाखाँची, बाग्लुङ, स्याङ्जा, पाल्पा लगायतका ठाउँको अवलोकन गर्न सकिन्छ। पर्यटकले भ्यु टावरबाट रमणीय तम्घास बजारसँगै हिमश्रृखला अवलोकन गर्न पाउँछन् । २०७४ सालदेखि सडक कालोपत्रेको काम आशिष रामेछाप कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ। तम्घासदेखि रेसुंगा पोखरीसम्म सडक कालोपत्रेको लागि १८ करोड रकम विनियोजन भएको सडक पूर्वाधार कार्यालय गुल्मीले जनाएको छ। सडक बिस्तार भएको डेढ दशकपछि मात्रै सडक कालोपत्रे भएकाले रेसुंगा नगरपालिका केही वडामा समेत यात्रामा सहजता मिलेको छ।

सडक कालोपत्रे भएपछि तम्घास बजारबाट २० मिनेट सवारी यात्राबाट रेसुंगा पुग्न सकिन्छ। तम्घासदेखि रेसुंगा क्षेत्रसम्म ६ किलोमिटर सडक मध्ये अहिले ९० प्रतिशत सडक कालोपत्रे भएको छ। कालोपत्रे गर्न बाँकी रहेको सडक दशैंसम्म सक्ने तयारी भएको सडक पूर्वाधार कार्यालयले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया