मदानेमा जिप दुर्घटना, दुई जना घाइते



अनिल खत्री


 गुल्मी । गुल्मीको मदाने गाउँपालिका–२ बाझकटेरीमा जिप दुर्घटना भएको छ। गए राति करिब ८ बजे मोटरबाटोबाट जिप करिब ६० मिटर तल खसेको स्थानीय महेन्द्र जिसीले जानकारी दिए।

ग १ ज ५५३१ नम्बर प्लेटको जिपमा चालकसहित तीन जना सवार रहेका थिए। दुर्घटनामा जनहानी नभए पनि दुई जनाको छाती र खुट्टामा समस्या देखिएको र थप उपचारका लागि बुटवल रिफर गरिएको जिसीले बताए।

मदाने गाउँपालिका–१ अग्लुङ फेदी पुगेर फर्कने क्रममा जिप दुर्घटना भएको हो। दुर्घटना मदाने–२ को तुल्सिमिरा डाँडा नजिकैको लेकपधेरा भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया