इस्मा गाउँपालिकाको जनमुखी निर्णय, २० रोपनीसम्मको भूमिकर पूर्ण छुट



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले सर्वसाधारण किसान र जमिनधनीलाई लक्षित गर्दै २० रोपनीसम्मको भूमिमा लाग्ने भूमिकरमा पूर्ण छुट दिने निर्णय गरेको छ। आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाले यो जनमुखी र राहतमुखी निर्णय सुनाएको हो।

गाउँपालिकाको सोमबार सम्पन्न गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले साना किसान र न्यून आय भएका जमिनधनीलाई राहत दिन यो व्यवस्था गरिएको जानकारी दिइन्।

उनले भनिन्, “स्थानिय सरकार नागरिकसँग कर उठाउने मात्रै होइन, परिस्थिति हेरेर राहत दिने संयन्त्र पनि हो भन्ने प्रमाणका रूपमा हामीले २० रोपनीसम्मको भूमिमा कर नलाग्ने निर्णय गरेका छौं।”

इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले कर छुटको यो निर्णय कृषिमा आधारित परिवार, साना किसान र ग्रामीण समुदायलाई सम्मान गर्ने नीति अनुरूप गरिएको बताए।
उनले भने, “महँगी, मलबीउ अभाव, वर्षेनी घट्दो उत्पादनजस्ता समस्याबीच किसानहरूका लागि यो निर्णय सास फेर्ने ठाउँ बन्नेछ। भूमिकर छुटले जमिनमा टिक्ने, खेती गर्ने चाहना बढ्छ।”
गाउँपालिकाले अन्य करहरुकाे पनि दर घटाएको छ ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया