गुल्मी । नेकपा माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिकाकाे अध्यक्षमा हरि ज्ञवाली निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) रुरु क्षेत्र गाउॅपालिकाकाे तेस्रो पालिका अधिबेशनबाट अध्यक्षमा ज्ञवाली निर्वाचित भएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसिले जानकारी दिएका छन् ।
जिसिले ज्ञवालिकाे नेतृत्वमा ४५ सदस्यीय समिति बनेको जानकारी दिए। कार्यक्रममा पार्टीका लुम्विनी प्रदेस इन्चार्ज चक्रपाणी खनालले नेकपा माओवादी केन्द्रले जितेका स्थानीय तहरुले नागरिकले महशुस हुने गरि काम गरेको बताए ।
उनले वडा देखि केन्द्र सम्म माओवादीले नेतृत्व गरेका ठाउँमा हरेक क्षेत्रकाे विकासले फड्को मारेको बताए । निर्वाचित अध्यक्ष ज्ञवालीले वडा नम्बर ५ बम्घा का वडा अध्यक्ष हुन उनी अहिले दोस्रो पटकका लागि जननिर्वाचित अध्यक्ष हुन । कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बराल लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियो ।