गुल्मीमा चार सय कुकुरको बन्ध्याकरण



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ । सार्वजनिक स्थानमा रहेका छाडा कुकुरले टोकेर रेबीज संक्रमण फैलिन नदिन र कुकुरको संख्यामा पनि बृद्धि हुन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीले यस्तो निति अपनाएको हो ।

बजार क्षेत्रमा छाडा कुकुरले टोकेर कैयौं मानिसहरु घाइते हुने क्रम बढि रहेको छ । सार्वजनिक स्थानमा रहेका कुकुरको संख्या बृद्धि हुदै गएपछि रेबीज रोग नियन्त्रणको लागी कुकुरको बन्ध्याकरण गर्न गागिएको हो । जिल्लाको रेसुङ्गा नगरपालिका, छत्रकोट, धुर्कोट र मदाने गाउँपालिकामा रहेका छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न लागिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए । हिमालयन एनिमल रेष्क्यु ट्रस (हार्ट) नेपाल पोखराको प्राविधिक सहयोगमा बिशेषज्ञ डक्टर सहितको टिमले स्थानीय तहमै शिबिरको आयोजना गरेर कुकुरको बन्ध्याकरण गर्न लागिएको छ ।

कार्यालयको वार्षिक नीति तथा कार्यक्रम अनुसार छत्रकोट गाउँपालिकामा २ दिनसम्म गरिएको शिबिरमा १ सय ९ वटा कुकुरको कुकुरको बन्ध्याकरण गरिएको थियो । त्यसपछि रेसुङ्गा नगरपालिकामा शिबिर सुरु भएको छ । जिल्ला सदरमुकाम तम्घासमा भुसिया कुकुरको बिगबिगीका कारणले स्थानीय समस्या झेल्दै आएका थिए । नगरपालिकामा १ सय बढी कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य कार्यालयले लिएको छ  ।

पहिलो दिन ५६ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । जिल्लामा ८ हजार कुकुर रहेको तथ्याङ्क कार्यालयसँग रहेको छ । जसमध्ये ४ हजार सामुदायिक कुकुर र ४ हजार घरमा पालेका कुकुर रहेको कार्यालय प्रमुख पाण्डेले बताए । जिल्लामा अघिल्लो वर्ष २ सय गतवर्ष २५० र यसवर्ष ४ सय बढी कुकुरको कुकुरको बन्ध्याकरण गर्न थालिएको कार्यालयले जनाएको छ ।

( Jeevan rajan

शिबिर सुभारम्भ कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पृथ्वीमा पारिस्थिति प्रणलीलाई बचाई राख्न सबै जीवजन्तको आबश्यक पर्ने भएकाले पशुपंक्षीको पनि संरक्षण गर्नुपर्नेमा जोड दिए । जनावरको संरक्षण गर्न र सवै प्राणीलाई एक आपसमा बाच्न पाउने अधिकारलाई ध्यान दिनुपर्ने गौतमले बताए । उनले पछिल्लो समय छाडा कुकुरको आतंक बढ्दै गएकाले यसको यस नियन्त्रणका लागिगरिएको यो प्रयास जिल्लाभर सञ्चालन गर्नुपर्नेमा जोड दिए । कुकुरको बन्ध्याकरण गर्दा कुकुरको आयु बढने, मोटाउने, स्वस्थ रहेको बताइएको छ ।
कुकुरलाई रेबिज भ्यक्सीन समेत लगाइने भएकाले रेबिज रोकथाममा समेत यसले टेवा पुर्याउने अपेक्षा गरिएको छ । पछिल्लो समय बजार क्षेत्रमा रहेका छाडा कुकुरले टोक्ने क्रम बढ्दै गएको छ ।

गत वर्ष गुल्मीदरबार गाउँपालिकामा कुकुरको टोकाइका कारणले रेबीज लागेर एक जना महिलाको ज्यान समेत गएको थियो । त्यस्तै गाई भैसीलाइ समेत कुकुरले टोक्ने क्रम बढेको थियो । बिशेश गरि जिल्लाका मुख्य बजार क्षेत्रमा छाडा कुकुरको संख्या धेरै रहेको छ । जिल्लामा चालु आर्थिक वर्षको चैतसम्ममा ८८० जनालाई  कुकुले टोकेर रेबिज बिरुद्धको खोप लगाउन गुल्मी अस्पतालमा आएको अस्पतालका सूचना अधिकारी रमेश पन्थीले बताए ।

अघिल्लो आर्थिक वर्षको एक वर्षको अवधीमा १ हजार ३७९ जनालाई कुकरले टोकेर रेबिज बिरुद्धको खोप लगाउन अस्पतालमा पुगेको तथ्याङ्क रहेको छ । भुस्याहा कुकुरले टोक्ने, केटाकेटी बुढाबुढीहरुलाई लखेट्ने गरेका घटना दिनहुँ बृद्धि हुँदै गएका छन् ।
सडकमा अलपत्र छाडिएका कुकुरले सडकमै छाउराछाउरी जन्माउने र ती छाउराछाउरी सडकमै हुर्कने क्रम बढ्दो छ । नगर क्षेत्रका खालि जमिन, सडक, चोक र गल्लीहरुमा दर्जनौँ कुकुरको ताँती नै लाग्छ । बेवारिसे कुकुरबाट राति हिँड्ने पैदलयात्री तथा मोटरसाइकल चालक सबैभन्दा बढी पीडित हुने गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया