गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा सदस्यले विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएकि छन् । जन्मदिनको अवसर पारेर वडा सदस्य वसन्त पन्थीले नवज्योति प्राथमिक विद्यालयका विद्यार्थीका निमित्त शैक्षिक सामग्री उपलब्ध गराएको वडा सदस्य पन्थीले बताइन् ।
उनले विद्यालय अहिले सञ्चालन नभए पनि विद्यार्थीहरुका लागि सामाग्री उपलब्ध गराएको जानकारी दिइन । विद्यालयमा भएका सबै विद्यार्थीलाई एक सेटका दरले पुग्ने गरि सामाग्री उपलब्ध गरिएको हाे । उनी सहि बिद्यालयकाे व्यवस्थापन समितिका अध्यक्ष समेत हुन ।
विद्यार्थीहरूको मनोबल उच्च बनाउने उद्देश्यले गरिएको यस सहयोग कार्यक्रमबारे अध्यक्ष पन्थिले भने, “जन्मदिनको अवसरमा होटल वा पार्टी प्यालेसमा नाचगान गरेर खर्च गर्नभन्दा पनि पीडित तथा आवश्यकता भएका विद्यार्थीहरूलाई केही सहयोग गर्न पाउँदा आफू अत्यन्तै खुशी छु।” उनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकि छन् ।