नेपाली काँग्रेस इस्मा दाेहाेलीद्वारा ज्येष्ठ नागरिक अभिभावक सम्मान तथा अन्तरक्रिया 



सुमन महतारा


गुल्मी । नेपाली काँग्रेस इस्मा दाेहाेलीद्वारा ज्येष्ठ नागरिक अभिभावक सम्मान तथा अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ । नेपाली कांग्रेस इस्मा गाउँपालिका वडा नम्बर ४ दाेहाेली वडा कार्यसमितिको आयोजनामा ज्येष्ठ नागरिकहरूप्रति सम्मान व्यक्त गर्दै जेष्ठ नागरिक अभिभावक सम्मान तथा अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।

ज्येष्ठ नागरिक सम्मान तथा अन्तरक्रिया कार्यक्रम नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले उद्घाटन गरेका थिए । कार्यक्रममा उनलेे ज्येष्ठ नागरिक अभिभावकले देखाएको बाटो नै आफ्नो मार्गनिर्देश हुने बताए । उनलेे सम्मान हुने ज्येष्ठ नागरिक अभिभावकलाई समाजमा पुर्‍याएकाे याेगदानकाे चर्चा गर्दै प्रशंसा गरे । उनलेे उक्त कार्यक्रम आयोजनाका लागि वडा कार्यसमिति लाई धन्यवाद दिँदै चैत अन्तिम साता आयोजना गर्न लागिएको नेपाली काँग्रेसकाे तेस्रो जिल्ला सम्मेलनबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले प्रभावकारी कार्यक्रम कार्यान्वयनका लागि वडा कार्यसमितिलाई धन्यवाद दिए । उनलेे ज्येष्ठ नागरिक अभिभावकले देखाएको सत् कर्ममा लाग्न आफू सधैं प्रेरित हुने भन्दै सम्मानित व्यक्तिकाे प्रशंसा गरे ।

नेपाली काँग्रेस इस्मा गाउँपालिका सभापति कृष्ण रिजालले इस्माका अन्य वडा कार्यसमितिले पनि यस्तै प्रभावकारी कार्यक्रम गर्नुपर्ने भन्दै दाेहाेली वडा कार्यसमितिकाे प्रशंसा गरेका थिए । कार्यक्रममा दाेहाेलीका नेपाली काँग्रेस प्रति आस्थावान् कार्यकर्ता, शुभेच्छुक तथा ज्येष्ठ नागरिक अभिभावककाे बाक्लो उपस्थिति थियो ।

( Jeevan rajan

कार्यक्रममा वडाका ज्येष्ठ नागरिकहरूका अमूल्य अनुभव, सल्लाह र सुझावहरूलाई सुनिएको थियो । साथै उनीहरूको योगदानलाई सम्मान गर्दै मायाको चिनोसमेत प्रदान गरिएको थियो ।  उक्त कार्यक्रममा जेष्ठ नागरिक अभिभावक, पार्टीका नेताकार्यकर्ता, समाजसेवी तथा शुभेच्छुक सहभागी थिए ।

नेपाली कांग्रेस इस्मा गाउँपालिका वडा नम्बर ४ ले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जेष्ठ नागरिकप्रतिको सम्मान र समाजप्रतिको दायित्व पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया