इस्मा गाउँपालिकामा मानव मूल्य शिक्षा सम्बन्धी दुई दिने कार्यशाला गाेष्ठी सम्पन्न



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा मानव मूल्य शिक्षा सम्बन्धि २ दिने कार्यशाला गाेष्ठि सम्पन्न भएको छ । गाउँपालिकाकाे आयोजना मा श्री सत्य साई मानव मूल्य शिक्षा परिचात्मक २ दिने कार्यशाला गाेष्टि सम्पन्न भएको हाे । शिक्षा, नैतिकता, शान्ति, प्रेम र अहिंसा जस्ता पाँच प्रमुख जीवन मूल्यहरूमाथि आधारित यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक र समुदायलाई नैतिक शिक्षाको महत्त्वबारे सचेत गराएको छ ।

कार्यक्रममा श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालका कार्यवाहक निर्देशक डा. सुधाकर पन्त, श्री सत्य साई ग्लोबल काउन्सिल अञ्चल ४ का अध्यक्ष अमर बहादुर कार्की, श्री सत्य साई सेवा संगठन नेपालकी पूर्व अध्यक्ष श्रीधरा बास्कोटा लगायतका वक्ताहरूले शिक्षा र संस्कारबीचको सम्बन्ध, पारिवारिक अनुशासनको महत्त्व, र समाजमा सकारात्मक योगदान दिने संस्कार विषयमा विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इस्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले मानिस यि ५ वटा सूचकांकहरु सत्यर प्रेम, शान्ति, अहिंसा र धर्मले गर्दा सामाजिक प्राणी भएको बताएका छन् । मानिस धार्मिक नहुने ,सत्य नबाेल्ने एक अर्कोलाई प्रेम,माया र स्नेह नगर्ने र शान्त नबस्ने हाे भने हामीले कल्पना नगरेको रास्ट्र र समाज हुने बताए । उपस्थित नागरिकले यी कुरालाई आत्मसात राखेर समाजमा सिकाउन सबैलाई उनले आग्रह गरे ।

कार्यक्रममा इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले यश कार्यक्रमले सत्य, प्रेम, शान्ति, अहिंसा र धर्म जस्ता अमूल्य मानव मूल्यहरूको प्रवर्द्धन गर्दै शिक्षाको साँचो उद्देश्यलाई उजागर गरेको बताइन् । उनले कार्यक्रममा सहभागी सबै विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ,प्रधानाध्यापकहरु, शिक्षकहरु लगायत सहजिकरण गर्ने सत्य साई प्रतिष्ठान नेपाललाई धन्यवाद दिएकि छन् ।

( Jeevan rajan

त्यस्तै इस्मा गाउँपालिकाका अध्यक्ष भगत सिह खड्काले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका साथै नैतिक मूल्य सिकाउने यस्ता कार्यक्रमहरू समाज रूपान्तरणका लागि महत्वपूर्ण हुने बताए । अभिभावकहरूले आफ्ना छोराछोरीको शिक्षामा विशेष ध्यान दिनुपर्ने अनुशासनका कुराहरु सिकाउनुपर्ने शिक्षकले अनुशासनका कुराहरू बढि मात्रामा ख्याल गर्नुपर्ने कुरामा जोड दिए । उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन् । यहाँ सिकेका कुरा समाजमा लागू गर्न र समाजलाई सत्य ,शान्त र अनुशासनमा राख्न महत्त्वपूर्ण भुमिका खेल्ने उनले अपेक्षा राखेका छन् ।

कार्यक्रममा इस्मा गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापक विभिन्न शिक्षक-शिक्षिका, बिधालय ब्यस्थापन समितिका अध्यक्ष तथा विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यार्थीहरूको आत्मविकास र चारित्रिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने आयोजकहरूको भनाइ छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया