गुल्मीको छत्रकोटमा साहसिक खेल जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै



अनिल खत्री


गुल्मी । गुल्मीको छत्रकोटमा साहसिक खेल जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । जिल्लाकाे छत्रकोट गाउँपालिकाले संचालनमा ल्याएको जिपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।

जिपलाइन संचालनमा आएको दुई महिनामै आन्तारिक तथा बाह्य पर्यटहकहरूको चहलपहल बढ्ने क्रम बढेको हो । गाउँपालिकाको वडा नम्बर ३ छत्रकोट देवालय मन्दिरदेखि अर्को भगवती मन्दिर लुम्छा सम्म पुग्ने गरी निर्माण भएको जिपलाइन गएको पुस महिनाबाट संचालनमा आएको हो । यस अवधिमा आठ सय ३६ जनाले साहसिक खेल जिपलाइन खेलका छन् । जसबाट तीन लाख ८२ हजार नाै सय ५० रुपैयाँ राजस्व संकलन भएको गाउँपालिकाका सूचना अधिकारी हरि टण्डनले जानकारी दिए । पछिल्लो समय छत्रकोट देवालय मन्दिर परिसर जिपलाइनमा आउनेको संख्या वृद्धिसँगै चहलपहल पनि बढिरहेको उनलेे बताए ।

जिपलाइन खेल्नका लागि गाउँपालिका बासीहरूकाे लागि प्रति व्यक्ति चार सय रुपैयाँ, विद्यार्थीहरूका लागि प्रति विद्यार्थी तीन सय रुपैयाँ, पालिका बाहिरका नागरिकको लागि प्रति व्यक्ति पाँच सय रुपैयाँ र विदेशी नागरिकको लागि प्रति व्यक्ति एक हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । पालिकाले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले छत्रकोट देवालय मन्दिरबाट देवी भगवती मन्दिरसम्म पुग्ने गरी जिपलाइन निर्माण गरेको हो ।

गाउँपालिकाले ‘रुरु रेसुङ्गाको धार्मिक आस, छत्रकोटमा बसौं बास’ भन्ने नीति नै बनाएर पर्यटकीय गन्तव्य निर्माण र संचालन गर्ने कार्यलाई तीव्र अगाडि बढाएको छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । पालिकाले पर्यटन प्रवर्द्धन गर्न पालिका भित्र संरचना निर्माणसँगै धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, सम्बर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक पर्यटनलाई थप प्रभावकारी बनाउने गरि अगाडी बढेको गाउँपालिका अध्यक्ष पाण्डेले बताएका छन् ।

( Jeevan rajan

एक हजार ८० मिटर लम्बाई रहेको जिपलाइनको ६७ मिटर उचाइ रहेको छ । जिपलाइनमा औसत १५ देखि २० मिटर प्रतिसेकेन्डमा तौल अनुसारको गति रहेको छ । सुरु स्टेशनदेखि ल्याडिन्ङ हुने स्टेशनसम्म पुग्न अधिकतम ५५ देखि ७७ सेकेन्ड समय लाग्ने अनुमान गर्दछ । जिपलाइन कुल ८६ लाख ७३ हजार एक सय ४४ रुपैयाँ लागतमा निर्माण भएको हो । लुम्बिनी प्रदेश सरकार र छत्रकोट गाउँपालिकाको समपुरक बजेटमा सानु सेतीदेवी कन्ट्रक्सन प्रा.लि.ले निर्माण गरेको थियो ।

छत्रकोट देवालय मन्दिर परिसरमा निर्माण गरिएको जिपलाइनले मन्दिरसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको लागि पनि थप टेवा पुगेको छ । जिपलाइन मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास सडकको नजिकै निर्माण भएकाले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्ने आशा पालिकाले लिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया