गुल्मीसहित आसपासमा करिब पाँच महिनापछि हिउँदे वर्षा, किसानलाई राहत



अनिल खत्री


गुल्मी । यसवर्ष हिउँदको करिब चार महिनापछि मात्रै सामान्य हिँउदे वर्षात भएको छ । शुक्रबार र शनिबार  बिहानदेखि गुल्मीसँगै छिमेकी स्थानहरुमा सिमसिम रुपमा भएपनि परेको पानीका कारण कृषहरुलाई सामान्य रुपमा रातह मिलेको छ ।

यसवर्ष हिउँदको समयमा पर्याप्त पानी नपर्दा किशानहरु चिन्तीत भएका छन् । हिँउदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । गत असोज महिनाको अन्तिम सातादेखि  वर्षात भएको थिएन । यो वर्ष फागुनको अन्तिम साता भएपनि पानी पर्दा सामान्य राहत मिलेको हो । यतिबेला हिँउदको समयमा खाली रहेका खेतबारीहरुमा मकै छर्ने समय हुन लागेको छ । किशानहरु आकाशको पानीकै भरमा मकै छर्ने तयारीमा छन् ।

कतिपय स्थानमा मकै छरिसकेका छन् । छरेका मकै बाली पनि पानी नपरेकै कारण सुक्न थालेका छन् । लामो समयमसम्म पानी नपर्दा कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीहरु सुक्दै जान थालेका छन् । अघिल्ला वर्षहरुमा हिँउदको समयमा पानी पर्दा गुल्मी जिल्लाका अग्ला स्थानहरुमा पटकपटक हिँउ परेको थियो । तर यसवर्ष भने हिँउ नपरी हिउदको समय जान थालेको छ ।

लामो समयसम्म वर्षात नहुँदा कतिपय स्थानमा पानीका मुहानहरु सुक्न थालेका छन् । जसका कारण खानेपानीको समस्या समेत हुन थालेको छ । वर्षात पछि बाझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका छन्  । हिँउदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसी तथा मौसमी तरकारी, फलफुल लगायतका वालीहरु पनि सुक्दै जाने थालेका छन्  । पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केहि दिन भएपनि राहत हुने स्थानियको भनाई छ ।

( Jeevan rajan

अहिले अधिकांश स्थानका मोटरबाटोहरु स्तरउन्नती गर्न भन्दै निर्माण कार्यमा छन् । जसले गर्दा सडक छेउ भएर हिड्ने पैदलयात्री तथा विद्यार्थीहरु धुलोबाट आजीत बनेका छन् । हिउँदमा पर्याप्त वर्षात नहुदा गुल्मीमा माघ महिनामै १६ ठाउँमा आगोलागीका घटना भएका छन् । हिउँदको समयमा पर्याप्त वर्षात भएको खण्डमा आगोलागीका घटनामा समेत कमि आउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया