गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिका वडा नम्बर ७ मा रहेको भगवती माध्यमिक विद्यालयमा ८ लाख ८ सय ८ रुपैयाँको अक्षयकोषकाे स्थापना भएको छ । वडा नम्बर ७ का स्थायी बासिन्दा जिम्मालकाे नाति उपनामले चिनिने पशुपति घिमिरेले बिद्यालयमा साेही राशीकाे अक्षकाेष स्थापना गरेका हुन् ।
घिमिरेले जेहेन्दार, गरिव र विपन्न परिवारका बिद्यार्थी आर्थिक अभावका कारण पढ्न नपाउने, ड्रेस किन्न नसक्ने, पुस्तक कापी कलम किन्न नसक्ने खालका विद्यार्थीका लागि काेषकाे स्थापना गरिएको स्थापना कर्ता घिमिरेले बताए । घिमिरेले स्थापना गरेको अक्षयकोषबाट याे बर्ष ७५ जना बिद्यार्थी र २३ जना शिक्षकलाई ब्याग बितरण गरेका छन् । त्यसकाे अलवा जेहेन्दार विद्यार्थीलाई अध्ययन गराउन सहयोग गरिरहेको उनलेे बताए । गरिब र विपन्न साथै अपाङ्ग बिद्यार्थीलाई १५ हजार नगद छात्रवृत्ति बितरण गरेका हुन् । घिमिरेले २०७४ सालमा बाबा आमाको नामबाट रुपिकृष्ण नामक अक्षकाेष स्थापना गरेका हुन् ।
घिमिरेले विद्यालयको ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको सु-अवसर पारि कार्यक्रमकाे आयोजना गरेका हुन । घिमिरे हाल बसाइँसराइ गरेर नवलपरासी गएका छन् । तर, आफू जन्मेको हुर्केकाे गाउँलाइ केही याेगदान दिनुपर्ने बताउँनेे घिमिरेले ८ लाख बढिकाे अक्षयकोष स्थापना गरेर जेहेन्दार विद्यार्थीलाई सहयोग गरेको भन्दै गुल्मी क्षेत्र नम्बर २ का संघीय सांसद कार्यक्रमका प्रमुख अतिथि गाेकर्ण बिष्टले धन्यवाद दिएका छन् ।