गुल्मी । गुल्मी जिल्लाका ७ स्थानीय सरकारले मगर दिवसको अवसरमा बिहिबार सार्वजनिक बिदा दिएका छन् । जिल्लाका कालीगण्डकी, चन्द्रकोट, सत्यवती, गुल्मीदरबार, छत्रकोट, मालिका गाउँपालिका र रेसुङ्गा नगरपालिकाले मगर दिवसको अवसरमा १५ फागुनमा सार्वजनिक बिदा दिएका हुन् ।
१२ वटा स्थानीय तह रहेको गुल्मीमा ७ वटा स्थानीय सरकारले ४३ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् । सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएका छन् ।
स्थानीय सरकारले दिवसको अवसरमा सार्वजनिक बिदा दिएपनि औपचारी कार्यक्रमहरु भने गर्ने गरेको पाइएको छैन् ।