गुल्मी । बुटवलमा रहेको लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देहीले जिल्ला कारागार रुपन्देहीमा रहेका कैदिकाे स्वास्थ्य परिक्षण र औषधि बितरण गरेकाे छ । मंगलबार संस्थाले मेडिटेक अन्तर्राष्ट्रिय हस्पिटल एण्ड रिसर्च सेन्टरकाे समन्वयमा कैदि बन्दिकाे स्वास्थ्य परिक्षण र औंषधि बितरण गरिएको संस्थाका उपाध्यक्ष तथा यश कार्यक्रमका संयाेजक महेन्द्र जँग कुँवरले जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री पदम न्यौपाने, मायादेवी गाउँपालिका अध्यक्ष श्री ध्रुवनारायण चौधरी , कारागार प्रमुख सुरेश भण्डारी, जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख चिन्तामणी ज्ञवाली र मायादेवी गा.पा. प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेल लगाएतकाे उपस्थिति रहेको थियो ।