गुल्मीमा एक जना पुरुष मृत फेला



अनिल खत्री


ल्मी ।  गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर- ४ जोखुम बस्ने ३२ वर्षका ओमबहादुर राना मृत फेला परेको प्रहरीले जनाएको छ ।

राना हिजो आइतबार साँझ घरमा कसैलाई जानकारी नगराइ हिडेका थिए । उनी भुतेगैरा भन्ने स्थानको खोल्सामा घोप्टो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी )चिरञ्जीवी दाहालले बताए ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक कपिल साहिको कमाण्डमा टोली खटिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया