गुल्मी । गुल्मीमा जेसीबीले माथिबाट पल्टाको ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी टार निवासी ८ बर्षिय बिष्णु कुमालको जेसिवीले माथिबाट फालेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।
बालिका आइतबार बिहान स्कुल जानेक्रममा सडक माथीबाट पल्टीएको ढुंगाले लागेर गम्भीर घाइते भएकी थिइन । उनको समयमै उद्धार समेत हुन सकेको थिएन । गम्भीर घाइते भएकी बालिकाको गुल्मी अस्पतालमा उपचार गर्न ल्याइएकोमा डक्टरले मृत घोषणा गरेका थिए । छल्दीबाट ठाढुंगा जानेबाटो श्रेष्ट कन्टक्सन प्रालि तम्घासले ३ वर्ष अघिबाट निर्माणको काम गर्दै आएको छ ।
उक्त सडकमा निर्माणको काम पनि अत्यन्तै सुस्त गतिमा भइरहेको छ । निर्माण व्यवसायीको चरम लापरवाहीका कारणले बालिकाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । बाटो बिस्तारको क्रममा सडकबाट तल कुनै जानकारी नदिइ ढुंगा फाल्ने गरेको थियो ।
विद्यालय जाँदै गरेकी बालिका घर जनिकै माथिबाट खसेको ढुङ्गाले लागेर टाउकोमा चोट लागेको थियो । चालकलाई अहिले प्रहरीको नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक विनयकुमार श्रीवास्ताव सहितको टोली खटिएको छ ।