मदाने गाउँपालिकाको आयोजनामा तेस्रो अध्यक्ष कप संचालन हुँदै



अनिल खत्री


गुल्मी । गुल्मीको मदाने गाउँपालिकाको आयोजनामा यहि फागुनमा तेस्रो अध्यक्ष कप सन्चालन हुने भएको हो । प्युठान, अर्घाखाँची र गुल्मीको सङ्गम स्थल मदाने गाउँपालिका ७ भनभने लाई सेन्टर बनाई अन्तर स्थानीय तह पुरुष तथा महिला भलिबलको आयोजना गरिएको छ । फागुन ७,८ र ९ गते गरि जम्मा तिन दिन सम्म यो  कार्यक्रम सन्चालन हुने भएको मदाने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शालिकराम पन्थिले बताए ।

पालिकाले यो बर्ष मात्र नभई बिगत केही बर्ष अघि देखि यो कार्यक्रम सन्चालन गरिरहेको छ । यस बर्ष भने छिमेकी जिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिका ,प्युठान जिल्लाको झिम्रुक  गाउँपालिका र गौमुखी गाउँपालिकाको पनि सहकार्य रहेको पन्थीले बताए । अन्तर स्थानिय तह पुरुष भलिबलमा प्रथम हुनेले नगद रु.१,११,१११  ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रोले ५५,५५५ मेडल र प्रमाणपत्र र  तेस्रोले २५,५५५ सहिद प्रमाणपत्र  प्राप्त गर्ने छन् ।

मदाने गाउँपालिका वडा स्थरिय महिला भलिबलमा प्रथम हुनेले नगद रु.३३,३३३ ट्रफि ,मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन । त्यसैगरी दोस्रोले २२,२२२ मेडल र प्रमाणपत्र र  तेस्रोले ११,१११ सहिद प्रमाणपत्र  प्राप्त गर्ने गाउँपालिकाका खेलकुद शाखा प्रमुख नारायण प्रसाद पन्थीले बताए ।

खेल पुरुष भलिबलमा स्थानीय तह भित्रको हुने भएकोले आफ्नो स्थानीय तह सङ्ग समन्वयन गरेर कागजजात खुल्ने प्रमाण सहित सहभागी हुन अपिल गरिएको गाउँपालिकाका सुचना अधिकारि सुशील पोख्रेलले जानकारी दिए ।
अध्यक्ष कप २०८१ सफल बनाउन सबैलाई पत्रचार गरिएको र केही थप कुरा थाहा पाउनको लागि ९८६०२९३१७४ र ९८६५५९६६६५ मा  फोन गर्न सकिने पोख्रेलले बताए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया