गुल्मीका गाउँमै पुगेर पशुको बाँझोपन निवारण शिविर



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लामा गाउँगाउँमा पुगेर  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीले पशुको बाझोपन निवारण शिवीर सम्पन्न भएको छ । जिल्लाका रेसुङ्गा नगरपालिका, छत्रकोट, सत्यवती, इस्मा, धुर्कोट गाउँपालिका विभित्र स्थानमा पुगेर  “डोर टु डोर पशुको बाझोपन निवारण शिवीर” सम्पन्न भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताउनुभयो ।

गाई/भैसिमा प्रजनन सम्बन्धि समस्याले कृषकमा पर्ने आर्थिक घाटा न्यूनिकरन का हेतुले  पशुको बाझोपन निवारण शिवीरलाई गाउँगाउँमा पुर्याइएको उहाँले बताउनुभयो । ४ दिनसम्म चलेको यस कार्यक्रममा  ६० गाई/भैंसी लाई उपचार गरिएको थियो । जसमा २२ भैंसी र ३८ गाई रहेका थिए। शिविरमा रिपिट ब्रीडिङ, ईण्ड्रोमेट्राइटिस, एनेस्ट्रस जस्ता प्रजनन सम्बन्धि  रोगको उपचार गरिएको कार्यालय प्रमुख पाण्डेले बताउनुभयो । पशुको उपचारका लागि पशु प्रजनन विज्ञ डा. लक्ष्मण घिमिरे सहितको टोलिको सहभागीता रहेको थियो। कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र , गुल्मीका तर्फ बाट कार्यालय प्रमुख हुम्कान्त पाण्डेय, पशु चिकित्सक डा. नबिना ढकाल, पशु प्रविधिक समीप खडकाले पशुको बाझोपन निवारण सम्बन्धित जानकारी मुलुक प्रस्तुति राख्नु भएको थियोे ।

गाउँ टोलमै पुगेर पशुको बाझोपन निवारण शिवीरआयोजना गरेकोमा पशु पालक कृषक उत्साहित भएका छन् । यस्तो खालका शिबिरले आफ्नो व्यवसायमा ठूलो मद्दत मिलेको कृषकको भनाइ छ । गाउँगाउँमा पशुको समयमै उपचार नहुँदा पशुमा हुने बाझोपनको समस्याले कृषकले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था रहेको थियोे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया