गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीलाई लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले ह्विल चेयर प्रदान गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकको सहजताका लागि एक थान ह्विल चेयर प्रदान गरेका हुन् ।
सांसद भुसालले व्हील चेयर शुक्रबार प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई हस्तान्तरण गर्नुभएको हो । प्रशासनमा सेवा लिन आउने अशक्त तथा अपाङ्गता भएका नागरिकले पाइरहेको दुख देखेपछि व्हील चेयर प्रदान गरेको सांसद भुसालले बताए । प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जिल्ला प्रशासन कार्यालयलाई व्हील चेयर प्रदान गर्नुभएको भन्दै सांसद भुसाललाई धन्यवाद दिए । अशक्त नागरिकको सहजताको लागि गरिएको यो सहयोग पुण्य कार्य भएको बताए ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालय गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता प्रदान गरेको पनि छ । अपाङगता भएर प्रशासन कार्यालयसम्म आउन नसक्ने नागरिकलाई घरमै पुगेर सेवा दिने कार्यालयको अभियान स्वरुप नागरिकता प्रदान गरिदै पनि आएको छ । जिल्ला प्रशासन कार्यालय पुगेका कुनैपनि कार्यगर्न नसक्ने नागरिकलाई पनि प्रशासनका कर्मचारीको सहयोगमा गाडिमै नागरिकता प्रदान गर्ने कार्य गर्दै आएका छन्क । तिपय सेवाग्रही प्रशासन कार्यालयमा सवारी साधन मार्फत कार्यालय पनि व्हील चेयरको अभावमा कर्मचारीको सहायताले पुर्याउने गरिएको थियो । व्हील चेयरको सहयोगले अब भने सवाग्रहीलाई सहज हुने भएको छ ।