इस्मा गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्डकाे उपाधि पुनः रामराज्य माविलाई



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्डकाे उपाधि याे बर्ष पनि रामराज्य माध्यमिक विद्यालयले हात पारेको छ । यश विद्यालय गत वर्ष पनि विजेता भएको थियाे । बिद्यालयले स्वर्ण -१५,रजत पदक-७, कास्य ८ गरि ३० पदक संख्याकाे साथमा उपाधि हात पारेको हाे । त्यस्तै दोस्रो पालुखा माध्यमिक विद्यालय भएको छ ।

पालुखाले स्वर्ण -१० रजत-११ र कास्य -९ गरि ३० पदक संख्या प्राप्त गरेको छ । त्यस्तै तेस्रो बनेको हिमालय माध्यमिक विद्यालयले स्वर्ण -५ ,रजत- ६ र कास्य -६ गरि १७ पदक संख्या प्राप्त गरेको छ । गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले रास्ट्रपति रनिश शील्डले खेल महाेत्सवकाे झल्काे दिएकाे बताइन् । साथै उनले तत्कालिन समयमा सञ्चालन हुने वीरेन्द्र शिल्डको झल्को दिएको बताइन् ।

खेल क्षेत्रकाे विकासका निमित्त खेलकुदका कार्यक्रम मात्र नभइ ३ जना खेल प्रशिक्षक नै राखेर खेलकुद क्षेत्रकाे विकासका निमित्त लागि परेको उनले बताइन । त्यस्तै गाउँपालिकाले अहिले खेलकुद क्षेत्रकाे भाैतिक विकासमा ३० वटा खेल मैदान निर्माण समेत गरेका उनले बताइन ।

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पछिल्लो समय खेलकुद क्षेत्रमा बिद्यालय र शिक्षक अत्यन्तै क्रियाशील र सकारात्मक तरिकाले यश क्षेत्रकाे विकासका निमित्त लागिरहेको कुराले सुखद आबस दिएकाे बताए । उनले गाउँपालिकाले गर्ने हरेका प्रकारका कामहरु नागरिकले आभास हुने गरि गर्न दृढ र प्रतिबद्ध रहेको उनले जानकारी दिए । कार्यक्रममा गाउँपालिका भरका १२ वटा विद्यालयहरु सहभागी भएका थिए ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया