गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ द्रारा वडाका जेष्ठ नागरिकलाई ब्लाङकेट बितरण गरिएको छ । शुक्रबार वडा कार्यालयकाे भवनमा जेष्ठ नागरिकलाई ब्लाङकेट बितरण गरिएको कार्यपालिका सदस्य पुष्पा पन्थीले बताइन । वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्झना स्वरुप ब्लाङकेट बितरण गरि सम्मान गरिएको उनले बताइन् ।
वडाका जेष्ठ नागरिक हाम्रा अभिभावक हुनुहुन्छ सक्ने जेष्ठ नागरिकलाई कार्यालयमा र नसक्ने नागरिकलाई घरमै पुगेर सम्मान गर्ने र ब्लाङकेट बितरण कार्यक्रम गरिने वडा अध्यक्ष रामप्रसाद पन्थी (राम्जी ) ले बताए । हामीले निर्वाचनमा जेष्ठ नागरिक र हाम्रा अभिभावक बाट लिएको आशिर्वाद र उहाँलाई दिएकाे वचन कहिले नराम्रो काम नगर्ने र सधैं राम्रो काम मात्र गर्ने प्रयात्न गर्ने उनले जानकारी दिए ।
कार्यक्रममा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले जेष्ठ नागरिक भएर सम्मानित हुन पाउँने पनि अवसर रहेको कुरा व्याक्त गरे । उनले ` जेष्ठ नागरिकको प्रतेक महिना स्वास्थ्यकर्मी द्रारा घरमै पुगेर स्वास्थ्य परिक्षण गरिने´साथै उमेर अवस्थाका कारण हुने समस्याको बिषयमा खुलेर कुरा गर्न सबै जेष्ठ नागरिकलाई आग्रह गरेका छन् । रेसुङ्गा नगरपालिकाले जेष्ठ नागरिकका निमित्त राम्रा कामहरु गरेको जानकारी दिएका छन् ।
कार्यक्रममा ९० जना जेष्ठ नागरिकलाई वडा कार्यालयमा बलाङकेट बितरण गरेको छ भने २५ जना जेष्ठ नागरिकलाई घरमै पुगेर बितरण गर्ने छ ।