गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले घरमै पुगेर जेष्ठ नागरिकलाई सम्मान गरेका छन् । शुक्रबार मेयर पन्थीले ७५ बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरेकाे वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद पन्थीले बताए । सम्मान कार्यक्रममा मेयर पन्थीले हर्लेष ,थर्मस र टाेपि लगाइदिएर सम्मान गरेका हुन् ।
शुक्रबार बिहान झन्डै ३५ जना जेष्ठ नागरिकलाई सम्मान गर्न घरमै पुगेका मेयर पन्थीले सधैं यसै गरि घरमै आएर सम्मान कार्यक्रम गर्न पाउँ भनी आशिर्वाद दिएका थिए । वडा नम्बर १ काे आयोजनामा सञ्चालन भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
कार्यक्रमकाे शुभारम्भ लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालकाे घरबाट सुरुवात गरिएको हाे । भुषालकी सासूआमा एक सय चार बर्षकी छिन् । । वडाकै सबैभन्दा जेष्ठ नागरिक भएका कारण त्यहाँबाट कार्यक्रमकाे शुभारम्भ गरेको वडा कार्यालयले बतायो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका भुषालले घरमै पुगेर सम्मान कार्यक्रम ठुलो नभएको तर अत्यन्तै प्रशंसनीय रहेको बताए । उनले सधैं राम्रो मात्र गर्नु नराम्रो कहिले नगर्न सुझाव समेत दिएका हुन् ।