गुल्मी । राम जानकी गौतम स्मृति कोषद्वारा दुई बिद्यालयका आज इस्माका दुई विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ। सँगै इस्मा गाउँपालिकाका ३ जना प्रधानाध्यापकहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा रामराज्य माध्यमिक विद्यालयका प्रधानाध्यापक जगतबहादुर खड्का, पालुखा माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम खत्री र सुन्तलादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक शोभा कार्की विष्ट रहेका थिए । विगत वर्षको एसइई र कक्षा ८ को परीक्षाफल, असल व्यवस्थापन, नव प्रवर्धन आदि विधाहरूका आधारमा प्रधानाध्यापक सम्मानित गरिएको थियो ।
त्यस्तै न्यानो लुगा वितरण गहतेरा प्राथामिक विद्यालयका विद्यार्थी र बुल्म आधारभूत विद्यालयका विद्यार्थीहरूलाई गरिएको हो । उक्त कोष इस्मा गाउँपालिका ६ अमरपुर निवासी मति बहादुर गौतम, गोविन्द गौतम, धनिश्वर गौतम र पूर्णकला गौमद्वारा आफ्ना स्व. बुवा राम बहादुर गौतम र स्व. आमा जानकी गौतमको स्मृतिमा वि.स. २०७५ सालमा स्थापना गरिएको हो । स्थापनापछि हरेक वर्ष सो कोषबाट अमरपुर ओमप्रसाद गौतमका सबै कक्षाका प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई पुरस्कृत गर्दै आइएको छ । यस अघिका वर्षहरूमा अमरपुरका ५ वटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा वितरण भई सकेको छ। इस्मा गाउँपालिका वडा नं ६ अमरपुरका विद्यालयहरूका सबै प्रधानाध्यापकहरूलाई यस कोषद्वारा गत वर्ष नै सम्मानित गरिएको थियो ।
कार्यक्रममा इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले काेष स्थापना गर्ने गाैतम परिवारलाई धन्यवाद दिँदै स्वर्गीय राम जानकी गाैतमकाे स्मरण गरे । उनले सम्मानित हुने प्रधानाध्यापक र न्यानो कपडा पाउने विद्यार्थीलाई बधाई दिए । उनले इस्मा गाउँपालिकामा समग्र शैक्षिक क्षेत्रकाे विकासका लागि नि:शुल्क शिक्षा, छात्रवृत्ति, प्राविधिक शिक्षा नि:शुल्क र प्राविधिक शिक्षामा प्रथम हुनेलाई एक वर्षको राेजगारी लगायतका प्रभावकारी कार्यक्रम ल्याएको बताए ।
सो सम्मान एवम् न्यानो लुगा वितरण कार्यक्रममा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, वडा नं ६ का अध्यक्ष ढाल बहादुर कुँवर, कोषका संस्थापक मति गौतम, गोविन्द गौतम, धनिश्वर गौतम, दिपक गौतम, दिपा गौतम, विद्यालय व्यस्थापन समितिका अध्यक्ष टोपबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यालयकी प्रधानाध्यापक माया महत, पूर्व अध्यक्ष बोमलाल भण्डारी, अभिभावक एवम् विद्यार्थी को उपस्थितिमा बुल्म आधारभूत विद्यालय र गहतेरा प्राथमिक विद्यालयमा मा सन्पन्न भएको थियो ।