मालिकामा मालिका तारा सञ्चालन हुँदै, तारा बन्नेलाई २५ हजार पुरस्कार



सुमन महतारा


गुल्मी । गुल्मीकाे मालिका गाउँपालिकाकाले गतवर्ष जस्तै याे वर्ष पनि मालिका तारा गर्ने भएको छ । मालिका गाउँपालिकाकाे आयोजना र डि.जे. सि मिडिया प्रालि तम्घास गुल्मीको सहजिकरणमा माघ १६ गते देखि मालिका तारा कार्यक्रम सञ्चालन गर्न थालिएको गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।

कार्यक्रम १६ गतेदेखि १८ गतेसम्म पहिलो अडिसन सञ्चालन हुने छ । पहिलो अडिसन १६ गते मालिका २ दर्लिङमा १७ गते मालिका ४ अर्खावाङमा र १८ गते घमिरमा सञ्चालन हुने भएको हाे उपाध्यक्ष अर्यालले बताए । गाउँपालिकाले स्थानीय स्तरमा लुकेको प्रतिभालाई चिन्ने र खाेजिने उदेश्यका साथ प्रतेक बर्ष मालिका तारा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताए ।

Jeewan and Rajan Tailors

मालिका ताराकाे सेमिफाइनल २३ गते अर्खावाङमा हुने छ । तारा बन्ने बिजेताले २५ हजार र प्रमाणपत्र पाउनेछन् । गतवर्षकाे मालिका तारा मालिका ५ छापहिलेकी पायल खनाल बनेकी थिइन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया