सामीद्वारा जिल्ला स्तरीय वक्तृत्वकला कार्यक्रम सम्पन्न, रास्ट्रिय मावि रुरुक्षेत्र प्रथम



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङा नगरपालिकामा रहेकाे सुरक्षित आप्रवासी  (सामी) द्वारा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अन्तरास्ट्रिय आप्रवासी श्रमिक दिवस 2024 को उपलक्ष्यमा आयोजित ‘आप्रवासी श्रमिकको सुरक्षाको आधार-सुरक्षीत वैदेशिक रोजगार’ विषयक अन्तर माध्यमिक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएकाे संयाेजक अर्जुन पोख्रेलले जानकारी दिएका छन् । जिल्ला भरबाट १३ वटा बिद्यालयबाट विद्यार्थीहरुकाे उपस्थिति रहेको पोख्रेलले बताए ।                                                                                  कार्यक्रमका प्रमुख अतिथि रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीले राेजगारी सरकारी कार्यालयमा मात्र गरेकोलाई मान्ने र बिदेशमा जाने हाेडबाजीले कैयौं नेपालीले दुख्ख पाएकाे बताए । वैदेशिक राेजगारीमा जाने नागरिकले कहाँ, कुन कामको लागि, कति समयको लागि कम्पनीकाे अवस्था पारिश्रमिक लगाएत बिषयमा जानकारी पहिला नै लिनुपर्ने र अफट्याराे परेको खण्डमा सामीका कर्मचारी संग समन्वय गर्न अनुरोध गरेका छन् । मेयर पन्थीले प्रतिस्पर्धी प्रतियोगी सहभागी विद्यालयहरुलाइ आगामी दिनहरुमा सफलताको शुभकामना सहित सहभागीताको लागि धन्यवाद एवं आभार व्यक्त गरेका छन् ।                                                                                  कार्यक्रममा प्रथम रुरुक्षेत्र गाउँपालिकाकाे रास्ट्रिय मा.वि कि प्रिन्सा श्रेष्ठ, द्वितीय मुसिकाेट नगरपालिकाकाे जनजागृाति मा.वि कि सविता कार्कि र तृतीय रेसुङ्गा नगरपालिकाकाे व्रिलियण्ट युनाइटेड एकेडेमीका प्रियंका पन्थी भएकि छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १०,७ र ५ हजार पुरस्कार पाएका छन् । कार्यक्रम रेसुङगा नगरपालिका वडा नम्बर १ मा रहेकाे महेन्द्र माध्यमिक बिद्यालयमा सम्पन्न भएको हाे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया