गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते



सन्तोष महतारा


गुल्मी । गुल्मीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे मुसिकोट नगरपालिका वडा नम्बर ४ दजाकोटस्थित भित्री कच्ची सडक खण्डमा बुटवल बाट देउराली तर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश-१००१ ज १३८५ नं. को फोर्स गाडी ओरालो झर्दा मोडमा आफै अनियन्त्रत भई दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका ४५ वर्षीय रबिन कुमार श्रीसलाई गुल्मी अस्पतालले मृत घाेषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।

उनका अनुसार, सवारी चालक जिल्ला गुल्मी मुसिकोट नगरपालिका २ देउरालीका २४ वर्षीय दिपक सुनार, साेही ठाउँका २० वर्षीय माधव आचार्य, ४३ वर्षीय गंगा भट्टराई, रेसुङगा नगरपालिका ८ छापटोला बस्ने ३८ वर्षीय बसन्ती श्रीस, बसन्ती श्रीसको छोरा ८ वर्षीय एक्सन श्रीस घाइते भएका छन् । मृतक रबिन कुमार श्रीस बसन्ती श्रीसका श्रीमान् हुन् । घाइतेहरुकाे गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया