इस्मा गाउँपालिकामा स्वास्थ्य स्वयंसेविका सम्मानित



सुमन महतारा


गुल्मी । इस्मा गाउँपालिकाले स्वयंसेविका स्थापना दिवसको अवसरमा गाउँपालिकाका ३ जना स्वयंसेविकालाइ नगद १५ हजारले सम्मान गरेको छ । इस्मा गाउॅपालिका स्वास्थ्य शाखाको आयोजनामा सेवा निवृत्त ३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई जनही नगद रु १५ हजार(करसहित) सम्मान गरिएको गाउँपालिका स्वास्थ शाखा प्रमुख पदमलाल अधिकारीले बताए ।
गाउँपालिकाले ३ जनालाई नगद सहित सम्मान पत्र, ६ जना उत्कृष्ट सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुलाई सम्मान पत्र र सम्पूर्ण स्वयंसेविकाहरुलाई सल(दोसल्ला)मार्फत सम्मान गरी २१औं अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस भव्य रुपमा सम्पन्न गरिएको उनलेे बताए ।                                                                                स्वास्थ्यमा जागरूकता अभियान, खोप कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा, र समुदायमा स्वास्थ्य सम्बन्धी जानकारी प्रवाहमा संलग्न रहेर सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका हरूले ग्रामीण क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने साथै सामाजिक कार्यक्रमा स्वयंसेविकाकाे महत्त्वपूर्ण भुमिका रहेको गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन । उनले भनिन् उ`हाँहरुको भुमिका प्रशंसनीय छ। उक्त प्रशंसनीय भुमिकाको उच्च सम्मान गर्दछौ´। आगामी दिनहरुमा समेत यसको निरन्तरता र प्रभावकारिता लाई व्यवस्थित तवरबाट संचालन गरिने छ ।                                                                            गाउँपालिकाका अध्यक्ष भगत सिंह खड्काले गाउँपालिकाले गाउँपालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाइ कामकाे सम्मान सहित अहिले सरकारले दिने सेवा सुविधालाई दाेब्बर बनाएर उपलब्ध गराएको बताए । इस्मा गाउँपालिकाकाे सर्वाङ्गिण विकासको महत्त्वपूर्ण भुमिका रहेको र स्वयंसेविका स्थापना दिवसको शुभकामना समेत राखेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया