गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले (छाप) जमलपाेखरा माध्यमिक बिद्यालयमा अन्तरक्रिया कार्यक्रम भएको छ । मालिका गाउँपालिका सामाजिक विकास समिति संयाेजक तथा वडा अध्यक्ष रेखा कुमार जिसिले बिद्यालयमा पढ्ने बिद्यार्थीकाे शिक्षाकाे अवस्था अनुशासन बिद्यालय निरन्तर उपस्थिति छ कि छैन लगाएत बिषयमा बिद्यार्थीका अभिभावक जानकार हुनुपर्ने साथै बिद्यालयमा अभिभावक आउने र छाेरा छाेरिकाे पढाइ अनुसासन क्रियाशीलता लगाएत बिषयमा पनि जानकार हुनुपर्ने बताए । सबैकाे सकारात्मक साेंच र चिन्तनबाट मात्र शिक्षा क्षेत्रलाई परिवर्तन गर्न सकिने बताएका छन् । यद्यपि जिसिले शिक्षा क्षेत्रकाे विकासका निमित्त वडाका दुईवटा माध्यमिक विद्यालयमा वडामै बजेट राखेर अभिभावक प्रशिक्षण ,शिक्षक प्रशिक्षण र बिद्यार्थीलाई प्रशिक्षण बाहिर बाट प्रशिक्षक बाेलाएर प्रतेक बर्ष गर्ने गर्दछन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपेन्द्रवहादुर रहको खड्का, प्र.अ ढुण्डीराज अर्याल, शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र वहादुर महतारा लगाएत अन्य जनप्रतिनिधि अभिभावक र शिक्षकको उपस्थिति रहेको थियो ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य