गुल्मी मुसिकोट १ को वडाअध्यक्षका लागि मतदान सुरु



अनिल खत्री


गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडानम्बर–१ को वडाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । रिक्त वडाअध्यक्षपदका लागि अहिले बिहान ७ बजेदेखि तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचनको कार्यालयका सहायक निर्वाचन अधिकृत ऋषिराम घिमिरेले बताए ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ ।  वडामा ४ हजार ५१ जना मतदाता रहेका छन् ।
वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् । ५ जना राजनितिक दल र ३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।
नेपाली कांग्रेसबाट आनन्द श्रेष्ठ, नेकपा एमालेबाट दलबहादुर थापा माओवादी केन्द्रबाट दुर्गाबहादुर बिक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय पजातन्त्र पार्टीबाट इश्वरी खाती क्षत्री उम्मेदवार छन् । स्वतन्त्रबाट पोमानन्द खरेल, योगेन्द्र खरेल, कुलबहादुर थापा उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत घिमिरेले बताए ।

Jeewan and Rajan Tailors

त्यस वडामा नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा निर्वाचित मोहन घिमिरेको २०८० भदौ २ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको छ । मतदान सके लगत्तै मतगणना पनि वडामै गणना हुने घिमिरेले बताए । त्यसका लागि पनि गणना स्थल तयारी गरि सकिएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया