नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय बैठक रेसुङ्गामा हुने



सुमन महतारा


गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाजकाे केन्द्रीय बैठक गुल्मीको रेसुङ्गामा हुने भएको छ । समाजले आज पत्रकार सम्मेलन गरेर मंसिर १५ गते नेपाल स्वयंसेवी रक्तदाता समाजको ७ औं केन्द्रीय बैठक तथा जिल्लाकाे चाैंथाे साधरणसभा गुल्मीको रेसुङ्गामा हुने जानकारी दिएको छ ।                                                                               पत्रकार सम्मेलनमा समाजका पूर्व अध्यक्ष तथा यश बैठककाे संयाेजन गरेका नमराज मरासिनीले देशभरिका स्वयंसेविहरु आबद्ध संस्थाकाे बैठक गुल्मीको रेसुङ्गामा राखेर रेसुङ्गाकाे प्रचारप्रसार साथै रेसुङ्गा नगरपालिकाले सुरु गरेको जाउँ हिड रेसुङ्गालाइ सफल पार्न लागेको उनले बताए ।
रेसुङ्गा नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने भएकाले थप उत्प्रेरित भएको उनलेे खुसि व्याक्त गरे ।                                                                                वि.सं. २०७६ सालमा ३८ जना सदस्यबाट गुल्मीमा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे स्थापना भएको हाे । हाल यश समाजमा १५० जना आजिवन सदस्य रहेका छन् । बिशेश गरि सदरमुकाम तम्घासकाे गुल्मी अस्पतालमा र बाहिर जिल्ला भित्रका अन्य हस्पिटलबाट गुल्मेलिलाइ रगतको अभावका कारण रेफर गर्न नपराेस भनी यसमा लागिरहेकाे संस्थाका अध्यक्ष भेषराज पाण्डे (धुर्व) ले बताएका छन् ।                                                                           उनले आफू र आफ्नो संस्थाले रक्तदान गर्न उत्प्रेरित गर्ने र जनचेतना जगाउने खालका कार्यक्रम गरेकाे बताए । उनले राति १२ बजे रगत चाहियो भनेर फाेन आउँदा पनि सहजै सहयोग गरिरहेकाे बताए ।  महिनामा १५ दिन राती नसुतेरै सहयोग गर्ने गरेको उनी बताउँछन् । बैठकमा केन्द्रीय अध्यक्ष सहितकाे टाेली आउनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया