गुल्मी । नेपाली काङ्ग्रेस गुल्मीले जिल्लाका १२ वटै स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ गरेको छ ।
पार्टीले आइतबार रुरुक्षेत्र गाउँपालिकाबाट पार्टीको प्रशिक्षण कार्यक्रमकाे सुभारम्भ गरेको नेपाली काङ्ग्रेस गुल्मीका पार्टी सचिव भगत सिंह खड्काले बताए । उनले पार्टीले ३ महिना सम्म जिल्लाका १२ वटा स्थानीय तहमा पार्टीको प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि समय तालिका निर्माण गरेको जानकारी दिएका छन् । जागरुक पार्टी सदस्य, नेपाली कांग्रेसको सुदृढ भविष्य भन्ने नारासहित प्रशिक्षण विभागले प्रशिक्षण दिएको नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले बताए । प्रशिक्षणमा कांग्रेसको स्थापना, इतिहास, काग्रेस नेतृत्वको सरकार हुँदा जनतासामु गरेका मुख्य काम, कांग्रेसका मुख्य नेताहरूको परिचय, राष्ट्रियता लोकतन्त्र र समाजवाद कांग्रेसको सदस्यता आचरण व्यवहार र संगठन गर्दा ध्यान दिनुपर्ने विषयलगायत समसामयिक बिषयमा पार्टीको नीतिनियमबारे प्रशिक्षण दिएको पन्थीले जानकारी दिए । प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा. चन्द्र भण्डारीले नागरिकका समस्या सुन्ने गुनासो सुन्ने र कार्यकर्ताकाे चाहान र बिचार अनुरुप पार्टी अगाडि बढ्ने बताए । उनले पार्टी सुदृढ गराउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । प्रशिक्षण नेपाली काङ्ग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली काङ्ग्रेस गुल्मीका उपसभापति अनन्तराम पाैडेल, सचिव भगत सिंह खड्का र सचिव जगदीश भट्टराईले दिनेछन्।