गुल्मीको सत्यवती डहरे खाेलामा पक्की पुलकाे शिलान्यास, एक बर्षमै निर्माण सम्पन्न हुने



सुमन महतारा


गुल्मी  । गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर ६ काे डहरे खाेलामा पक्की पुलको शिलान्यास गरिएको छ । नेपाल सरकारका संघिय सांसद डा. चन्द्र भण्डारीले पुलको शिलान्यास गरेका हुन ।                                                                                 सांसद डा. भण्डारीकाे पहलमा डहरे खाेला सहित नादेवा खाेला,भार्से खाेला र गिद्दी खाेलामा पक्की पुल निर्माणका लागि २२ कराेड ३१ लाख ६० हजार दुई सय दस रुपैयाँमा राजेश्वरी- लुम्बिनी जे.भी गुल्मीले निर्माणकाे जिम्मा लिएर सम्झौता भैसकेको निर्माण कार्यनयन गराउँने संस्था सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख राम पुकार जैसवालले बताए ।
निर्माण सम्झौता भएका चारवटा पक्की पुल आगामी बर्ष श्रावण महिनाकाे २२ गतेल भित्र सकिनु पर्ने प्रमुख जैसवालले बताए । डहरे खाेलामा पुल नबन्दा प्रतेक बर्षकाे बर्खायाम्ममा यस सडक भएर हिड्ने यात्रु र यातायात व्यावसायिले समस्या भाेगेकाे लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री धनेन्द्र कार्कीले बताए ।                                                                               उनले डहरे खाेलाकाे पुलका लागि संघिय सरकारबाट बजेट सुनिश्चित भएकाले यसलाई बजेटको समस्या नहुने गरि काम गर्ने प्रतिबद्धता व्याक्ता गरेका छन् । कार्यक्रममा उपस्थित रास्ट्रिय सभाकि सदस्य बिष्णु कुमारि सापकाेटाले स्थायित्व र स्थिर सरकार नहुनुले नागरिकको वास्तविक समस्याहरु प्राथमिकतामा पर्न नसेकेका कारण डहरे खाेला जस्ता अतिआवस्यक ठाउँहरुमा काम नहुदा नागरिकले सास्ती भाेग्नु परेकाे बताएका छन् ।
कार्यक्रममा उपस्थित कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद डा. चन्द्र भण्डारीले आफुहरुले समयमै पुल बनाउँन नसकेको भन्दै दुख्ख व्याक्त गरे । उनले नागरिकको वास्तविक समस्या तर्फ सरकार लाग्नुपर्ने र यसतर्फ सजग हुन उनले सबैलाई आग्रह गरेका छन् । सरकारले दिर्घाकालिन साेचक साथ कामहरु गरिने उनले बताएका छन् ।                                                                                 कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास समिति संयाेजक मा. यमु गैरे,प्रदेश सांसद चिन्तामणि पाण्डे ,जिल्ला समन्वय प्रमुख द्रोण बहादुर खत्री ,रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थी ,मुसिकाेट नगरपालिका प्रमुख जीवन खरेल,चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री ,सत्यवति गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे , नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठ चन्द्रकाेट गाउँपालिका उपाध्यक्ष बिष्णु भण्डारी ,मुसिकाेट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरि लगाएतकाे उपस्थिति रहेको थियो । यश सडक भएर गुल्मीको चन्द्रकाेट,मुसिकाेट नगरपालिका हुदै बागलुङ जिल्लामा निरन्तर सवारीसाधन आवतजावत गर्ने गर्दछन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया