गुल्मी । गुल्मीमा चार वटा संगठनले एकै पटक शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । पेशागत महासंघ नेपाल गुल्मी, स्वास्थ्यकर्मी महासंघ नेपाल गुल्मी, नेपाल निजामती कर्मचारी संगठन गुल्मी र नेपाल राष्ट्रीय शिक्षक संगठन, गुल्मीले संयुक्त रुपमा दशैं, तिहार, नेपाल संवत् संबत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका हुन् ।
विभिन्न पेसाकर्मी कर्मचारी बिच एक आपसमा आत्मीयता, सदभाव कायम गर्ने उद्देश्यले दशैं, तिहार, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको राष्ट्रीय स्वास्थ्यकर्मी महासंघ नेपाल, गुल्मीका अध्यक्ष बोम अर्यालले बताए ।
शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य जंग नेपालीले दशैं तिहार तथा छठ पर्वको अवसरमा शुभकामना दिँदै सबै नेपालीहरुमा सुख शान्तिको कामना गरे । कार्यक्रममा नेकापा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछा, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेकपा एमाले जिल्ला सदस्य तथा पेशागत ईन्चार्ज सागिर मिया, नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कृष्ण सुनार लगायतले बिजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
उनीहरुले बिजया दशमी, दिपावली तथा छट पर्वको अवसरमा सबै नेपालीहरुमा शुभकामना ब्यक्त गरे । पर्वले सबै नेपालीहरुमा खुसी उमंगका साथ साथै आत्मीयता प्रदान गरेको बताएका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालले दशैं तिहार तथा छठ पर्वले सबै नेपालीमा रोग, भोक र शोकसँग लड्न सक्ने शक्ति प्रदान गरोस भनेर शुभकामना ब्यक्त गरे ।
पेशागत महासंघ नेपालका जिल्ला अध्यक्ष गोपाल प्रसाद पाण्डे अध्यक्षता रहेको कार्यक्रममा शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिम खनालको स्वागत तथा राष्ट्रीय स्वास्थ्यकर्मी महासंघ गुल्मीका अध्यक्ष बोम अर्यालको संचालन रहेको थियो ।