गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले घुमाैं इस्माकाेट कार्यक्रम शुभारम्भ गरेको छ । गाउँपालिकाकाे वडा नम्बर ५ इस्माकाेटमा घटनास्थापना दिनको दिन कार्यक्रम शुभारम्भ गरिएको वडा अध्यक्ष झविन्द्र अर्यालले बताए । गाउँपालिकाले घुमाैं इस्माकाेट कार्यक्रम नै सञ्चालन गरेर यसको प्रचारप्रसारमा लागिने उनले बताएका छन् । वडाले आज घुमाैं इस्माकाेट लेखेको टिसर्ट बाडेर यसको प्रचारप्रसारकाे सुरुवात गरेको हाे । गाउँपालिकाले जीर्णाेद्वार र पुननिर्माण गरेपश्चात् काेट चिटिक्क परेको गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् । उनले यश क्षेत्रकाे सर्वाङ्गिण विकासका निमित्त गाउँपालिका सधैं लागिरहेको बताइन् । गाउँपालिकाकाे यश पर्यटकीय तथा पुरातात्त्विक क्षेत्र इस्मा काेटकाे विकासका निमित्त गाउँपालिका लागि रहेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । उनले गाउँपालिकाले गत आर्थिक बर्षमा ७० लाख बढि रकम बिनियाेजन गरि काेत निर्माण, रानीले कपाल काेर्ने ठाउँ निर्माण, सिँढी निर्माण, प्रतिक्षालय निर्माण गरेको र याे आर्थिक बर्षमा बाकि सिडि निर्माण गर्न, पानीका धारा निर्माण गर्न, डिजिटल बाेर्ड, पदमार्ग, फुलबारी निर्माण, बाेलि दिएपछि शव राख्ने ठाउँ, साैचालय निर्माण लगाएतका कार्य गर्नका निमित्त ८० लाख बराबरको ठेक्का भैसकेको उनलेे जानकारी दिएका छन् ।