गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा शैक्षिक सामाग्री प्रदर्शन गरिएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद साखाकाे आयोजना र वडा नम्बर १ काे सहकार्यमा अन्तर माध्यमिक बिद्यालय स्तरीय शैक्षिक कार्यक्रम सम्पन्न भएको हाे । वडा नम्बर १ काे वडा कार्यालय सञ्चालन भएको प्रदर्शनिमा गाउँपालिका भित्रका बिद्यालयकाे उल्लेख्य सहभागीता रहेको गाउँपालिका युवा खेलकुद शाखामा कार्यरत किसान थापाले बताए । उनले बिद्यार्थीले विभिन्न अन्ना गेडागुडीकाे माध्यमबाट ७ वटै प्रदेशक झल्किने नेपालकाे नक्सा, मानिसकाे शरिरका विभिन्न अङ्ग ,मुटु,फाेक्साे लगाएतका अङ्गहरुकाे सञ्चालन प्रक्रिया ,पानी पर्दा पनि बालिलाइ जाेगाउँने घर,फुल फुल्ने घरहरूका भाग,मध्य पहाडका लागि एकीकृत खेति पद्धति ,जलवायु परिवर्तनले पारिस्थितिक पद्धतिमा पारेको प्रभाव लगाएत बिषयहरु बिद्यार्थीले प्रदर्शन गरेको थापाले जानकारी दिएका छन् । कार्यक्रममा हिमालय माध्यमिक बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चुरा बहादुर खत्रीले यी यस्ता कार्यक्रमले बिद्यार्थीकाे सर्वाङ्गिण बिकासमा टेवा पुग्ने बताए । प्रदर्शनिमा रामराज्य माध्यमिक बिद्यालय प्रथम,हिमाल मावि दृतिया र देविस्थान माध्यमिक बिद्यालय तृतीय भएको वडा अध्यक्ष शेर बहादुर कुवँरले बताए । उनले शैक्षिक क्षेत्रकाे सुधारका लागि शैक्षिक प्रदर्शनि गरिएको र बिद्यालयहरुबाट उल्लेखनीय सहभागि भएकाे भन्दै सहभागीताका लागि सबैलाई धन्यवाद दिएका छन् । शिक्षा क्षेत्रकाे सुधारका निमित्त यस्ता खालका कार्यक्रमले थप टेवा पुग्ने कार्यक्रममा उपस्थित गाउँपालिका अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथि भगत सिंह खड्काले बताए । उनले शिक्षा क्षेत्रमा गाउँपालिकाले गरेको लगानिकाे प्रतिफल गाउँ र समाजले लिन समय लाग्ने तर हामीले अधिकांश बजेट शिक्षा क्षेत्रमा लगानि गरिएको बताएका छन। शिक्षा क्षेत्रकाे सुधारका निमित्त यी यस्ता कामहरु निरन्तर गरिने उनले बताए ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य