तम्घासका मासु पसलमा रेसुङ्गा नगरपालिकाकाे छड्के अनुगमन



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजार आसपास नगर भित्रका मासु पसलमा छड्के अनुगमन गरेको छ । मासु पसलमा सरसफाइकाे अवस्था ,दर्ता नविकरण,सञ्चालन र स्थापना नियम संबद्ध भएको छ छैन मासुजन्य चीजबाट लाग्ने रोगबारे मासु पसललाई जानकारी दिन र सरसफाइमा ध्यान पुर्‍याउन निर्देशनसहित अनुगमन गरिएको अनुगमन समिति संयाेजक नगर उपप्रमुख अमृता देवि कुवँरले बताइन् ।                                                                                नगरपालिकाले नगर भित्रका ४४ वटा मासु पसल र ३ वटा बधशालाकाे अनुगमन गरेको उनले बताइन । कुखुराकाे मासु पसल २५ वटा ,खसी बाेकाकाे मासु पसल ८ वटा ,रागाकाे मासु पसल ३ वटा , माछाकाे २ वटा,बंगुरकाे १ वटा र संयुक्त ५ वटा गरि जम्मा ४४ वटा मासु पसलको अनुगमन गरिएको अनुगमन समिति सदस्य सुरेश खनालले बताए ।                                                                                                अनुगमनमा घिमिरे मासु पसलमा १० केजि अखाद्य मासु फेला परेको र सहि मासु पसललाइ जरिवाना तिराइ मासु जफत गरिएको उनले जानकारी दिएका छन् । अनुगमनले दर्ता नभएको १२ वटा मासु पसललाइ दर्ता गर्न र ९ वटा मासु पसललाइ नविकरण गर्न आग्रह गरेको उनलेे बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया