गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले बजार अनुगमनबाट जफत गरेका म्याज गुज्रिएका सामग्रीहरु नष्ट गरेको छ । नागरिकले दैनिक उपभाेग गर्ने सामाग्रीहरुकाे बिषयमा गाउँपालिकाले बर्षभरि नै बजार अनुगमन गर्ने गर्दछ । गाउँपालिकाले बजार अनुगमन तथा निरीक्षणका क्रममा फेला परेका गुणस्तरहीन बस्तुहरु जफत गरि नष्ट गरेकाे गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वति कुवँरले बताइन् । उनले गाउँपालिकामा बजार अनुगमन कार्य वर्षभरि नै चल्ने र अनुगमनका क्रममा मिति गुज्रिएका, सडे गलेका र बढि मुल्यमा बेचिरहेका सामानहरु कानुन अनुसार जफत गरेकाे जानकारी दिएकी छन् । अनुगमन गाउँपालिका कर्मचारी सुरक्षा निकाय र पत्रकारको टिमले गरेको उनले बताइन् । अनुगमनमा धेरै खाद्य सामाग्रीहरुमा डेट सकिएको भेटिएको छ । प्रायः सुजि,ज्वानाे,जिरा,साेयाविन,भुजा मेथि,चियापत्ति,मिट मसला, पानी पुरि फुरनदाना,मिश्री ,तिल,खुर्सानी, पाउडर, पेप्सि, बिष्कुट, बेसन, नेहा, चाउमिन जस्ता खाद्य बस्तुहरु डेट सकिएका भेटिएका छन् । प्रायः नागरिकले दैनिक जसाे उपभाेग गर्ने सामाग्रीहहरुकाे उत्पादन मिति र प्रयोग गर्न नमिल्ने मिति बिक्रेता र क्रेता दुबैले हेरेर मात्र प्रयोग गर्न गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले आग्रह गरेका छन् । नागरिकले सुपथ मुल्यमा उचित सामान पाउनु उपभोक्तको हक हित र अधिकार रहेको गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । ‘व्यवसायी इमान्दार हुनुस्, कानुननले व्यावसायिक तपाईहरुको नाफा मुल्य कायम गर्दा नै सुनिश्चित गरेको छ, अन्यथा कानुनअनुसार हामी चल्छौं,’ उनले भने । बिभिन्न मितिमा अनुगमनबाट बरामद गरिएको सामग्री प्रहरी,पत्रकार ,जनप्रतिनिधि र कर्मचारीकाे उपस्थितिमा नष्ट गरिएको हाे ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य