वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीसँग रेसुङ्गा नगरपालिकाको अन्तरक्रिया



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सोमबार वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहबाट २–२ जनाका दरले सहभागिता रहने गरी वैदेशिक रोजगारीबाट फर्किएका रिटर्नीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

यो कार्यक्रम सामी परियोजनाअन्तर्गत सञ्चालन गरिएको हो। सामी परियोजना गुल्मी जिल्ला संयोजक तिलक खनालले जिल्लाभर वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई लक्षित गरी यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको जानकारी दिएका छन्।

अन्तरक्रिया कार्यक्रममा नगरपालिका स्तरीय आप्रवासी स्रोत सञ्जालको प्रारम्भिक गठनसमेत गरिएको छ।
कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले सामी कार्यक्रम वर्तमान समयमा अत्यन्त प्रभावकारी रहेको बताएका छन्। उनले वैदेशिक रोजगारीमा जानु अघि राम्रोसँग परामर्श लिन र ठगीमा परेमा सामी परियोजनामार्फत सहजीकरण लिन सबैलाई आग्रह गरेका छन्।

( Jeevan rajan

कार्यक्रममा सामी लुम्बिनी प्रदेश व्यवस्थापक विजय कुवर र अधिकृत जियाउल हकले वैदेशिक रोजगारीसम्बन्धी अवस्थाबारे प्रस्तुति दिएका थिए।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया