रेसुङ्गामा स्नातक तह प्रथम वर्षमा भर्ना निःशुल्क, शुल्क रेसुङ्गा नगरपालिकाले तिरिदिने



सन्तोष महतारा


गुल्मी । रेसुङ्गा नगरपालिकाले भर्ना बापतको रकम तिरिदिने भएपछि रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्ना निःशुल्क हुनेभएको छ । गुल्मीको सरदमुकाम  तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्ष भर्ना वापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएपछि भर्ना शुल्क निःशुल्क भएको हो ।

रेसुङ्गा नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गर्दै रेसुङ्गा बहुमुखी क्याम्पसमा विद्यार्थी संख्या गिर्दो अवस्थामा रहेकोमा विद्यार्थीलाई भर्ना वापतको रकम निःशुल्क गरेर आफूहले तिरिदिने नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । क्याम्पसमा हाल सात सय ७९ विद्यार्थी रहेका छन् । क्याम्पसमा हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न बिषयमा अध्ययन/अध्यापन हुँदै आएको छ ।

Jeewan and Rajan Tailors

जिल्ला सदरमुकाम तम्घासमा रहेको शैक्षिक धरोहर रेसुङ्गा बहुमुखी क्याम्पसलाई संचालन गर्ने र यसलाई जोगाइराख्न आफूहरुको कर्तव्य रहेको पत्रकार सम्मेलनमा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए । ‘अब रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना निःशुल्क हुन्छ ।’ नगरप्रमुख पन्थीले भने, “जस बापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ क्याम्पसलाई हामी दिन्छौं ।” क्याम्पसमा नगरपालिकाले यसअघि दुई चरणमा एक करोड रुपैयाँ आर्थिक सहयोग गरिससकेको छ ।

The Star Family Restaurant

प्रध्यापक/उपप्रध्यापकहरुलाई तलब दिन नसकेपछि रेसुङ्गा बहुमुखी क्याम्पसले यसअघि नै संकटकाल घोषणा गरेको थियो । संकटकाल घोषणापछि भारी मात्रामा उपप्रध्यापकलाई हटाएको थियो । हाल क्याम्पस पुरानै लयमा फर्किने अवस्थामा छ । रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा विद्यार्थीको भर्ना शुल्क तिरिदिने भएपछि दुई सय देखि तीन सय विद्यार्थीहरु अध्ययनका लागि आउने नगरपालिकाको अपेक्षा छ । क्याम्पसमा मासिक शुल्क नौ सय ५० देखि बिषयगत रुपमा केही बढी रहेको छ । जून शुल्क विद्यार्थीले आफैं तिर्नुपर्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया