गुल्मी । गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–५ बम्घास बोटेगाउँमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा शैक्षिक सामाग्र वितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले उक्त विद्यालयमा कक्षा १ देखि ६ सम्मका अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको स्मृति सप्ताह व्यापी कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम लगायतले बाटे माझी समुदायका ८९ जना विद्यार्थीहरुका लागि स्कुल झोला र शैक्षिक सामाग्रीहरु प्रदान गरेका हुन् । सिमान्तकृत समुदायका विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमै आएर शैक्षिक सामाग्री प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक मनकला पन्थले आभार प्रर्कट गरनुभयो ।
लक्ष्मी आधारभूत विद्यालयमा माझी समुदायका विद्यार्थीहरुले पठनपाठन गर्दै आएका छन् । विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गर्दै गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतमले सिमान्तकृत समुदायमा आएर सहयोग गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।
उहाँले यस्तो खाले सहयोगले यो समुदायका नागरिलाई माथी उठान सकिने बताउनुभयो ।
यो समुदायको जीवन स्तरमा परिवर्तन ल्याउन पछिल्लो समय धेरै प्रयास भइरहेका छन् । सबै क्षेत्रले यसरी सहयोग गरेमा बोटे माझी समुदायका बालबालिकाहरुमा परिवर्तन आउने रूरूक्षेत्र गाउँपालिकाका पूर्व उपाध्यक्ष लक्ष्मी पन्थले बताउनुभयो । कुनै पनि दिवस मनाउने क्रममा समाजमा रचनात्मक तरिकाले मनाउदा सानो भएपनि उदाहरणिय काम हुने गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । सबै क्षेत्रको सहयोगले यहाँका बालबालिकाहरुमाा पढनु पर्छ भन्ने बानिको विकास गर्न सकिने शर्माले बताउनुभयो । विद्यार्थीहरुको पठन पाठनका लागि सानो सहयोगले दैनिकी सहज होस भनेर मृति सप्ताहलाई रचनात्मक तरिकाले कार्यक्रम राखिएको निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताउनुभयो । यस संगठनमा रहेका सदस्यहरुबाट थोरै थोरै रकम संकलन गरेर सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको खनालको भनाइ छ । कर्मचारी संगठनले विभिन्न क्षेत्रसँगै जिल्लामा दैवीप्रकोपहरुमा पनि सहयोग गर्दै आएका छन् । कर्मचारी नागरिकको सेवासँगै सामाजिक उत्तरदायित्वमा पनि बहन गर्छन भन्ने सन्देश प्रवाह गर्दै आएको अध्यक्ष खनालले बताउनुभयो ।
शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको विभिन्न समयमा कर्मचारी हक हितको लागि भलेको आन्दोलनको क्रममा मृत्यु भएको थियो । स्मृतिको अवसरमा साताव्यापी विभिन्न रचनात्मक कार्यक्रम हुने गरेका छन् ।
माझी जाति नेपालमा बसोवास गर्ने जातिहरू मध्यको एक जाति हो । माझी जाति छुट्टै भाषा, धर्म, संस्कार–संस्कृति, परम्परा भएका आदिवासि जनजाति हुन् । यो समुदायका बालवालिकाहरु अझै पनि विद्याय जान मान्दैनन ।
उनिहरुको पढाइमा सहजता ल्याउनका लागि कर्मचारीले सानो प्रयास गरेका हुन् । यो कार्यको सरोकारवालाहरुबाट प्रशंसा गरिएको थियो ।
कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधि, अभिभावक लगायतको सहभागिता रहेको थियो ।