गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् । जिल्लाकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ ठाटीपाैवामा एक तले कच्ची घर पहिरोले पुरिँदा ४५ वर्षीया रुपा टमाटा घाइते भएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । उनका अनुसार, घाइतेको रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भइरहेको छ । घरका अन्य सदस्य साेही समयमा घाँस काट्न गएका थिए । पहिरोले घर पुरिँदा पुरिएको टमाटालाई प्रहरी, स्थानीय र जनप्रतिनिधिकाे सहयोगमा उद्धार गरिएको थियो । यतिबेला गुल्मी र आसपासका जिल्लामा लगातार भारी वर्षा भइरहेको छ । लगातारकाे वर्षाले जिल्लाका मुख्य तथा सहायक अधिकांश सडक अवरुद्ध भएका छन् । लगातारकाे वर्षाले आवतजावतमा निकै कठिनाइ भइरहेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, यतिबेला गुल्मीको रिडी-तम्घास, रिडी-रुद्रवेणी-खैरेनी-इन्द्रेगाैैंडा र तम्घास-छल्दी-सिमलटारी सडकखण्ड पहिराे र खाेलाकाे बहाव बढेका कारण अवरुद्ध छन् । सडककाे आवतजावत सुचारु गर्ने प्रयास भइरहेको छ ।
गुल्मीमा पहिरोले घर पुरिँदा एक जना घाइते, पहिरोले अधिकांश सडक अवरुद्ध
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य
सम्बन्धित समाचार
ताजा अपडेट
- १. गुल्मीमा काँग्रेसको पालिका सम्मेलन सुरु, इस्मामा उत्साहजनक सहभागिताले भव्य बन्यो सम्मेलन
- २. इस्मा गाउँपालिकामा शनिबार नेपाली काँग्रेसकाे दोस्रो गाउँ सम्मेलन हुने
- ३. नेकपा माओवादी केन्द्र धुर्काेट गाउँ कमिटीको तेस्रो अधिवेशन शनिबार हुँदै
- ४. गुल्मीको मालिकामा बन्यो जिल्लामै सबैभन्दा लामो झलुङ्गे पुल
- ५. बर्साैँदेखि फरार प्रतिवादी पक्राउ गर्दै गुल्मी प्रहरी