गुल्मी । गुल्मीमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ का अर्जै कँडेलपाटाका भेषबहादुर बिकको घर पहिरोले पुर्दा भेषबहादुरसहित श्रीमती, बुहारी र दुई नातिनीको मृत्यु भएको हो । भेषबहादुरका तीन छोरा यतिबेला रोजगारका लागि भारतमा छन् । यता उनीहरुको घरपरिवार नै सखाप भएको छ । भेषबहादुरका जेठा छोरा बिमल बिकले बाबुआमासहित श्रीमती र दुई छोरी पहिरोमा गुमाउनु परेको छ । माइला छोरा सुवास बिककी श्रीमती रोजगारकै लागि भारतमै थिइन् । कान्छा छोरा कृष्ण बिक अविवाहित हुन् । रोजगारीको सिलसिलामा तीन छोरा र एक बुहारी भारतमा रहेका बेला यता भेषबहादुरका पाँच जनाको परिवारले ज्यान गुमाउनुपरेको छ । पहिरोले घर पुर्दा घरमा रहेका ५५ वर्षीय भेषबहादुर, उनकी श्रीमती ४८ वर्षीया सुन्तली बिक, २६ वर्षीया बुहारी सिता बिक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी बिपना बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य