गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु



सन्तोष महतारा


गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड अन्तर्गत रायढुंगामा छल्दीबाट तम्घास तर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडा नम्बर २ का ६ वर्षीय शिव वि.क काे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                          उनका अनुसार, मृतक बालक टिकाराम वि.क का छाेरा हुन् । उनी ट्याक्टरका सहचालकसँग नाता पर्ने भएकोले ट्याक्टरमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएकोमा उनलाई गुल्मी अस्पतालले मृत घोषणा गरेको थियो । ट्याक्टर सडकबाट अन्दाजी ६०/७० मिटर तल खसेको थियो ।  ट्याक्टर चालक जिल्ला गुल्मी धुर्कोट गाउँपालिकम ५ बस्तु बस्ने २६ वर्षीय दिपक गोतामे र सहचालक बाग्लुङ्गकाे वडिगाड गाउँपालिका घर भई हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घास बस्ने १९ वर्षीय राज कुमार वि.क. घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया