गुल्मी । इस्मा गाउँपालिकाकाे प्रतिभा पहिचानमा ‘इस्मा नृत्य प्रतिभा-२०८१’ आरुसी घर्ती क्षेत्री बनेकी छिन् । गत जेठ २७ गतेदेखि असार ६ गतेसम्म इस्मा गाउँपालिकाले संचालन गरेको प्रतिभा पहिचान कार्यक्रममा सहभागी दुई सय ५० जना प्रतिस्पर्धीलाई उछिनेर उत्कृष्ट दुईमा परी इस्मा गाउँपालिका वडा नम्बर ५ कि छ वर्षीया आरुसी घर्ती क्षेत्री ‘इस्मा उत्कृष्ट नृत्य प्रतिभा-२०८१’ बनेकी हुन् । कार्यक्रम वडा तहमा पहिलो चरणको कार्यक्रम भएको थियो । त्यसपछि फाइनल कार्यक्रममा ४१ जना सहभागी भएका थिए । कार्यक्रममा नृत्य, गायन, हाँस्यव्यङ्ग्य, बाध्यवादन र सडक नाटक रहेको थियो । कार्यक्रममा मुल्यांकनकाे जिम्मेवारी राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जिल्ला कार्यसमिति गुल्मीलाई प्रदान गरिएको थियो । जसमा संयाेजकमा पूर्वअध्यक्ष खुम खत्री, सदस्यमा अध्यक्ष शिलु भट्टराई, उपाध्यक्ष माेहन बस्नेत र वडा तहमा सहसचिव अनिल खत्री रहेका थिए । निर्णायक संयाेजक खुम खत्रीले मुल्यांकनकाे जिम्मेवारी दिएकोमा गाउँपालिकालाई धन्यवाद दिए । उनले असली प्रतिभा चिनाउने र चिन्ने गरी दुई उत्कृष्ट प्रतिभालाई पुरस्कार प्रदान गरिएको बताएका थिए । वडा वडामा छनाेट गरी फाइनल कार्यक्रम गरेर विभिन्न विधाबाट उत्कृष्ट दुईलाई २५/२५ हजार नगद पुरस्कार प्रदान गरिएको इस्मा गाउँपालिका प्रवक्ता उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले जानकारी दिइन् । फाइनल कार्यक्रम समापन गर्दै इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले लुकेर रहेको हरेक प्रतिभालमई बाहिर ल्याउन कार्यक्रम आयाेजना गरिएकोमा इस्मा वासीले उत्साहजनक सहभागीता जनाएकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्तै कार्यक्रम आयाेजना गर्ने बताए ।
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य