गुल्मी । गुल्मीमा बेवारिसे शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक सुर्य भान चौधरीले बेवारिसे शव फेला परेकोले पहिचानका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीलाई पत्र लेख्दै आग्रह गरेका छन् । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघात घुमाउने स्थित कालीगण्डकी नदीमा किनारमा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बेवारिसे शव हाल गुल्मी अस्पताल ल्याइएको छ । हालसम्म शवकाे पहिचान हुन सकेको छैन् । उक्त शव महिलाको हो भन्ने मात्र पहिचान भएको छ ।