गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते



सन्तोष महतारा


गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ मा ग २ च ३२६२ नम्बरकाे जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका वडा नम्बर ८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                                उनका अनुसार, चन्द्रकोटबाट पुर्तिघाट तर्फ जाँदै गरेको डबल क्याप गाड आफै अनियन्त्रीत भई सडक देखि चार सय मिटर तल खसेकाे थियो । जस क्रममा गाडीमा सबार ८ मध्ये १ जना मृत्यु अन्य ७ जना मानिसहरु घाइते भएका थिए । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । बाँकी तीन जनाको अवस्था मध्यम रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया