मदानेको अग्लुङ्गमा उमेर पुगेपछि विवाह गर्ने जाेडी लगायतलाई सम्मान



सन्तोष महतारा


गुल्मी । गुल्मीमा उमेर पुगेपछि विवाह गर्ने जाेडीलाई सम्मान गरिएको छ । जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा उमेर विवाह गर्ने जाेडीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।                                                                           शैक्षिक उत्प्रेरणा कार्यक्रम अन्तर्गत सामाजिक सचेतनाका लागि २० बर्ष पूरा गरी विवाह गर्ने नव जाेडीलाई वडा कार्यलयले सम्मान गरेको हो । ‘विवाहवारी-२० वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न यो कार्यक्रम गरिएको वडाध्यक्ष चन्दले बताए । तीन नव जाेडीलाई सम्मान गरिएको हो ।                                                                           वडाले असल बुहारी तथा छाेरीहरुलाई पनि सम्मान गरेको छ । बैदेशिक राेजगारीमा छाेराहरु प्रदेश जाने तथा बुहारीहरु छाेराछाेरी पढाउने भन्दै सहर पस्ने चलन बढेसँगै गाउँमा बृद्ध अवस्थाका नागरिकहरु एक्लै हुन थालेको तथा स्याहारसुसार नपाएको कारण बृद्ध बुबाआमाले दुख पाएकाेमा त्यसैले सासुससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका केही बुहारी तथा छाेरीहरुलाई वडाले सम्मान गरेको हाे । उक्त कार्यक्रम मार्फत १० असल बुहारी सम्मान गरिएको हो । साथै वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सघसंस्था लगायत विभिन्न बिधामा रहेर वडामा याेगदान गर्नेहरुलाई दाेसल्ला सम्मानपत्र सहित सम्मान गरेको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका अध्यक्ष सुशील चन्दले बताए । साथै एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई ३ हजार नगद सम्मान पत्र दाेसल्ला सहित सम्मान गरिएको हो ।                                                                             मदाने गाउँपालिकाकाे वडा नम्बर १ मा गत निर्वाचनबाट युवा सुशील चन्द वडाध्यक्षमा निर्वाचित भएपछि यस्तै नमुना काम हुँदै आएका छन् । ‘शैक्षिक तथा सामाजिक सचेतनाका लागि वडाबाट सम्मान गरेका हाैं’ वडाध्यक्ष चन्दले भने, “यस्ता कार्यक्रमबाट थप काममा क्रियाशीलता र जनचेतना हुन्छ भन्ने अपेक्षा छ ।”

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया